अन्तरास्ट्रीय नेपाली कलाकार समाज ईनासले मार्च ३० र ३१ मा गर्ने यूरोप स्तरिय न्रित्य तथा गायन प्रतियोगिताको तयारी तिब्रताका साथ भैरहेको जनाएको छ । युरोपका बिभिन्न्न देशमा रहेका युबा प्रतिभाहरुको खोजीका लागि प्रत्त्येक बर्ष आयोजना गरिने यो प्रतियोगिता यस बर्ष बेल्जियममा आयोजना हुन गैरहेको छ । बेलायत, फ्रान्स, जर्मनी , स्वीटजरल्यान्ड स्पेन , पोर्तुगल , डेनमार्क , फीनल्यान्ड , चेक रिपब्लिक,नेदरल्यान्ड र बेल्जियम गरी एघार देशबाट छनोट भएका सहभागिहरुबाट सहभागिताका लागि आबेदन प्राप्त भएर अन्तिम छनोट पुरा भैसकेको आयोजक इनास युरोपका सन्योजक अर्जुन काफ्लेले चारदिशालाई बताउनु भएकोछ
युरोपका नयाँ प्रतिभाहरुलाई सहभागी बनाइ प्रत्यक बर्ष युरोपका बिभिन्न देशमा आयोजना हुँदै आएको प्रतियोगिताको सातौ श्रीङ्खला बेल्जियममा हुन लागेको हो । मार्च ३० मा संस्थाको युरोपियन समितिको बैठक , प्रगती प्रतिबेदन प्रस्तुती र छलफल र साँस्कृतिक कार्यक्रम हुनेछ भने ३१ तारिख सातौ न्रित्य प्रतियोगित र चतुर्थ गायन प्रतियोगिता हुनेछ , सोही दिन नेपाली कलाक्षेत्रलाई सहयोग र सद्भाब जनाउने ब्यक्तिहरुलाई सम्मान गरिनेछ । युरोपका बिभिन्न देशबाट गैर आबासिय नेपाली संघका पदाधिकारीहरु सामाजिक अगुवाहरुको उपस्थिती रहने छ बेल्जियमका बिभिन्न शहरबाट बस रिजर्ब गरेर कार्यक्रममा सहभागी हुन आउने तयारी भैरहेकोछ ।
कार्यक्रमकालागि आबस्यक ब्यबस्थापकीय तयारी पुरा भएर कलाकारहरु र अन्य पाहुनाहरुको स्वागतका लागि ततपर रहेको इनास बेल्जियमका अध्यक्ष श्याम श्रेष्ठले बताउनु भएको छ ।