नेपाली ब्यबसायी संघ बेल्जियममा यामु निरौला

0

चारदिशा, बेल्जियम,
नेपाली मुलका बेल्जियन ब्यबसायीहरुको संस्था नेपाली ब्यबसायी संघ बेल्जियमको छैठौ अधिबेशन सम्पन्न भएकोछ । आईतवार हेरेन्तमा भएको अधिबेशनले एक्काइस सदसीय नयाँ कार्यसमिती चयन् गरेको छ ।

सर्बसम्मत निर्बाचित समितिको अध्यक्ष यमु निरौला,  उपाध्यक्ष चिरन कुमार खवास , कौशल खनाल , उज्ज्वल केसी , भिम सुबेदी र पुष्पराज अधीकारी, महासचिब मदन दवाडी ,  सचिब खड्क केसी ,  कोषाध्यक्ष काशीनाथ दनै ,  सह कोषाध्यक्ष रमेश दाहाल छन भने सदस्यहरुमा राम पुन  एन्तवेरपेन क्षेत्र , जगदिश सापकोटा लुभेन क्षेत्र, निशा गुरुङ गेन्ट क्षेत्र , र खुल्ला सदस्यमा कृष्ण सिम्खडा , जितेन्द्र केसी , तेजेन्द्र कडेल र इश्वरी प्रसाद कडेल रहेका छन । निर्बाचित कार्यसमितीका पदाधिकारीहरुलाई संस्थाका संस्थापक अध्यक्ष राधाक्रिश्न अधिकारिले पद तथा गोपनीयताको सपथ दिलाएका थिए । बाँकी सदस्य र सलाहकारहरु पछी मनोनित गरिने जनाइएको छ ।

यस अघि अधिबेशनको उद्घाटन गर्दै बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले बेल्जियमका नेपाली ब्यबसायीहरुको प्रगतीबाट आफु खुशी रहेको, ब्याबसायिक हित र एकताको लागि काम गर्न संस्था सफल होस् भन्दै बिदेशमा कमाएको ज्ञान , शिप र पुजीको केही मात्रा आफ्नो मातृभूमीको बिकासको लागि प्रयोग गर्न अभ्ह्वान गर्नु भयो । नेपाल र बेल्जियमको ब्याबसायिक सम्बन्धलाई बिस्तार गर्ने परियोजना अगाडि ल्याए दुताबासको तर्फबाट पूर्ण सहयोग रहने बताउनु भयो ।

बेल्जियमका लागि नेपाली कन्सुलेट रोजर दि ग्रूनले नेपाली ब्यबसायी संघको सफलताको शुभकामना दिदै नेपालका प्राकृतिक श्रोत साधनको उपयोग नेपालको बिकासको लागि गर्न सकिने र प्राकृतिक उत्पादनहरु युरोपको बजारमा आयत गर्न यहाँका ब्यबसायीहरु लाग्नु पर्ने बताउनु भयो ।

संस्थाको स्थापनाकाल देखिका गतिबिधी बारे जानकारी गराउदै गैर आबासिय नेपाली संघका निबर्तमान सचिब एबम संस्थाका पूर्व अध्यक्ष अर्जुन कुमार श्रेष्ठले गल्ती कमजोरीलाई सच्याउदै अगाडि बढ्न र ब्यबासायिक नियम कानुनको पालना गरे ब्यापारिक् कठिनाई नआऊने बताउनु भयो ।

एनआरएनए कि अाईसिसी सदस्य सरु चापागाई , संस्थाका संस्थापक अध्यक्ष राधाक्रिश्न अधिकारी , एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, एनआरएनए बेल्जियमका बरिष्ठ उपाध्यक्ष कमल पन्थी लगायतले अधिबशनको सफलताको शुभकामना दिनु भएको थियो ।

नेपाली ब्यबासायी संघको अभियानलाई सल्लाह सुझाब निर्देशन् गरी सहयोग गर्नु भएकोमा राजदुत् लोक बहादुर थापा , कन्सुलेट रोजर दि ग्रून र संस्थाका गतिबिधीहरुको समाचारका माध्यम प्रचर प्रसार गर्नु भएकोमा घटना र बिचार साप्ताहिकका लागि पत्रकार डिल्लिराम अंमाइलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । सस्थाका उपाध्यक्ष चिरन कुमार खवासले अतिथीहरुलाई स्वागत गर्नु भएको थियो भने महासचिब यामु निरौलाले सन्चालन गर्नु भएको कार्यक्रम संस्थाका अध्यक्ष सिपी भट्टको सभापतित्वमा भएको थियो ।

अधिबेशन को बन्दसत्रमा प्रस्तुत भएका संघको बिधान , आर्थिक प्रतिबेदन , प्रगती प्रतिबेदनमा ब्यापक बहस छलफल पछी सुझाबसहित सर्बसम्मत पारित गरिएको थियो ।

.

Leave A Reply

Your email address will not be published.