चारदिशा, बेल्जियम
गैर आवसीय नेपाली संघ (एनआरएन) को आठौं विश्व सम्मेलन नजिकदै गर्दा एनआरएनए अभियन्ताहरु विभिन्न पदमा आ–आफ्नो उमेदवारी घोषणा गरिरहेका छन । लामो समय देखि एनआरएनए अभियानमा संलग्न हुदैं आएका नेपालसरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले पनि युरोप क्षेत्रीय संयोजकको पदमा आफ्नो उमेदवारी घोषण गरेकाछन् ।
आफ्नो अध्ययनको क्रममा सन २००० मा युरोप मा प्रबेश गरी बेल्जियमलाई आफ्नो कर्म थलो बनाएका बरुवालले २००१ बाटनै बेल्जियममा बिभिन्न सामाजिक संस्था को स्थापना गर्दै सामाजिक कार्यमा जुटेका थिए ।
एनआरएनए बेल्जियमको स्थापनाकाल देखिनै एनआरएनए प्रति दत्तचित भई लागेका बरुवाल २००७ मा एनआरएनए बेल्जियमको सचिवालयसदस्य हुदैं यो अभियानमा आएका थिए । २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा एनआरएनए अन्र्तराष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य भई एनआरएनए अभियानमा निरन्तर लागिरहेका छन् ।
एन आर एन ए ले सुरुगरेका कुनै पनि परोपकारी परीयोजना होस वा राष्ट्रलाई आइपरेको प्राकृतिक बिपत्तीमा उनले बेल्जियम बाट अग्र पंतिमा रहेरआर्थिक सहयोग गर्ने र सहयोग संकलन गर्ने कार्यमा सकृय भूमिका निभाएका छन । बेल्जियममा क्रियाशिल आधादर्जन भन्दा बढी संघ–संस्थाहरुमा को नेत्रित्वो गरी सकेका बरुवाल हाल नेपाल सरकार कोबेल्जियमको लागि पर्यटन दुतको रुपमा कार्यरत रही पर्यटन प्रबर्धन का बिभिन्न कार्यक्रम हरु गरी रहेका छन ।
बिगत एक बर्षमा बेल्जियममा बिभिन्न पर्यटन प्रबर्धन सम्बन्धी कार्यहरु , बेल्जियममा आयोजना भएका बिभिन्न पर्यटन मेलाहरुमा नेपालको संलग्नता गराउने , बेल्जियमका नेपाली संघसंस्था र समुदायलाई बिचमा नेपालको पर्यटन पर्बर्धनको लागि छलफल चलाऊने, बेल्जियममा रहेका नेपाली ब्यवसाय , गाडीहरुमा नेपालको पर्यटन पर्बर्धन गर्ने खालका पोस्टर टास्ने , बेल्जियमको राष्ट्रिय समाचार तथा टिभीमा नेपालको बारेमा रिपोर्ट प्रकाशित गर्न बेल्जियमका पत्रकारहरुलाई नेपाल पठाउने कार्यहरु गरेर उनले आफ्नो जिम्मेवारीलाई सफकता पूर्वक सम्पन्न गरेका छन .
बेल्जियममा नेपाली सामाग्रीहरुको प्रर्वद्धन गर्दै ब्यवसायिक रुपमा नेपाली सामाग्रीहरुको डिपार्टमेन्ट स्टोर सफलतापुर्वक सञ्चालन गरेका बरुवाल बेलिजयमका सफल नेपाली ब्यबसायीमा पर्दछन् । उनले नेपालमा पनि निर्माणधिन दोर्दी खोला हाईड्रो पावर,धौवलागीर म्याग्दी हाइड्रो पावर, लागयत पोखरा र चितवनमा पर्यटन ब्यवसायमा लगानी गरेका छन् ।
नेपालको लागि गरिने यि सम्पूर्ण जिम्मेवारी लाई अझ संगठित र ब्यबस्थित रुपले सम्पन्न गर्दै एन आर एन ए लाई अझ सबै गैरआवासिय नेपालीको पहुच पुग्न सक्ने र अपनत्वो महसुस गर्न सक्ने संस्था बनाउदै यस संस्था मार्फत मार्फत सम्रिद्व नेपालनिर्माण को महाअभियानमा साथ दिन उनले आफुले यस युरोप संयोजक को जिम्मेवारीमा उमेदवारी दिएको बताएका छन् ।