जन संपर्क समिती बेल्जियममा बिबाद

0

चारदिशा, बेल्जियम,

जन संपर्क समिती बेल्जियम गैर आबासिय नेपाली संघ बेल्जियमको निर्वाचनमा अन्तर्घातको  सिकार भए पछी एक अर्कालाई दोश थोपर्ने होडबाजि
सुरु भएको छ । हिजो जन संपर्क समिती अध्यक्ष सीता सापकोटाले पूर्व अध्यक्ष गंगाधर गौतमलाई निस्काशन गरेको भनी फेसबूकबाट सार्वजनिक गरे पछी आज समितिका दुईजना माहामन्त्रीले अर्को बिज्ञप्ती निकालेका छन , बिज्ञप्ती जस्ताको त्यस्तै …….

  1. नेपाली जनसम्पर्क समिती बेल्जियमको अनुसासन समितीलाई सकृय बनाउँदै पुर्व अध्यक्ष गंगाधर गौतम जी लाई आगामी बैठकमा अनुमोदन हुने गरी आजैको मिती बाट नेपाली जनसम्पर्क समिती बेल्जिसमको साधारण सदस्यता समेत नरहने गरी निष्कृय बनाउन चाहान्छु ।
    जय नेपाल
    सीता सापकोटा
    सभापती
    नेपाली जनसम्पर्क समिती बेल्जियम

नेपाली जन सम्पर्क समिती  बेल्जियमको  प्रेश बिज्ञप्ती

         नेपाली जन सम्पर्क समिती
               बेल्जियमको
                प्रेश बिज्ञप्ती
आदरणिय बेल्जियमबासी सम्पुर्ण नेपाली बुवामुवा,दाजुभाइ एंबम दिदीबहिनीहरूमा जय नेपाल।
०३ सेप्टेम्बर २०१७ का दिनमा सम्पन्न एन आर एन ए बेल्जियमको निर्बाचनमा हाम्रो लेकतान्त्रिक समाबेशी समुहलाई मतदान गरी सहयोग गर्नु भएकोमा सम्पुर्ण बेल्जियमबासी नेपाली मतदातबहरूमा हार्दिक धन्याबाद ज्ञापन गर्दछौ।  सम्पन्न निर्वाचनमा बिजयी हुने सम्पुर्ण बिजेताहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ साथै हाम्रो संगठन र प्रबासी नेपाली मंच बेल्जियमसग भएको गठ्बन्धनका तर्फबाट संस्थाका  निबर्तमान अध्यक्ष श्री सन्तोष जोशी  (सुबास) नेतृत्व सहितको संयुक्त प्यानलका केही उम्मेदबारहरु  बिजय हुन नसक्दा हाम्रो  संगठन लगायत हामीहरू अत्यन्तै दुस्खी भएका छौ। यसरी निर्बाचनमा होमिदा संस्थाले कहाँ र कसरी तुर्टी भयो र क-कसबाट अघिकतम प्रयास भयो वा भएन भन्ने बिषयमा बैठक बस्नु पर्ने थियो र छिटो  भन्दा छिटो  समितीले समिक्षा बैठक वा आम भेला गर्नुपर्ने अबश्थामा यसरी समितिका सभापतीबाट एकांकी ढगंबाट आफ्नो सामाजिक संजालको फेसबुक मार्फत दिएको अभिब्यक्ति बिधि बिधान र सिङ्गो सस्थाको मर्म बिपरितभएको ठहर गर्दै  यस संस्थाका पुर्ब अध्यक्ष,नेपाली जन सम्पर्क समिति  युरोपका महामन्त्री एंबम एन आर एन ए बेल्जियमका निबर्तमान अध्यक्ष श्री गंगाधर गौतम माथी बिना कारण बदनियत यबम पुर्ब्राग्रही ढङ्गले बिधि बिधान बिपरित सभापतिको ब्यक्तिगत धारणा आएको अवगत गराउदछौ।
समयमै यस समितिको तर्फबाट आम भेला आयोजना गरि निर्वाचनका समयमा भए गरेका सम्पुर्ण गतिविधिहरुको समिक्षा गर्ने र सस्था संचालन र प्रक्रियामा देखियका समस्याहरुको समाधानको लागि बिशेश अधिबेशन मार्फत पनि संगठनको बृहत् हितमा जान सकिने छ।
हामी सकारात्कम सोच बिचार र सबैको सम्मान हुने बाटोबाट अगाडि बढ्न र सिङ्गो नेपाली जन सम्पर्क समितिको हितमा लाग्ने पुर्ण प्रतिबद्धता गर्दछौ।
जय नेपाल
    महामन्त्रीदय
     शुभाष गुरुगं
      दिनेश प्रसाद भण्डारी
               नेपाली जनसम्पर्क समिति,
                   बेल्जियम
 बोधार्थ
 १. दिल बहादुर गुरूग
नेपाली जन सम्पर्क समिति,युरोप
 २. शेर बहादुर देउबा
सभापती
नेपाली कॉग्रेस
सानेपा ललितपुर,
  नेपाल
Leave A Reply

Your email address will not be published.