प्रवासी मन्च नर्वेको वार्षिक साधारण सभा सम्पन्न

0
ओस्लो, नर्वे।​
प्रवासी नेपाली मन्च नर्वेको वार्षिक साधारण सभा मन्चका अध्यक्ष अम्मर वहादुर शि‌हको अध्यक्षतामा सम्पन्न भएको छ। आइतवार ओस्लोमा आयोजना गरिएको सभाका प्रमख अतिथिको रुपमा वोल्दै प्रवासी मन्च जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्यले  संस्थाले गरेका विविध अनुकरणीय कार्यक्रमहरुको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो।
अतिथिको रुपमा वोल्दै एन आर एन ए ईटालीका उपाध्यक्ष हेमराज जोशीले प्रवासी नेपालीहरुको समस्यामा एकरुपता भएको र त्यसलाई समाधान गर्न गैर आवासीय नेपाली संघलाई साथमा लिएर कामा गर्न आवश्यक भएको विचार व्यक्त गर्नुभयो।
उक्त साधारण सभाका जीफन्डका अध्यक्ष ईश्वरी आचार्य, जनसम्पर्क समिति नर्वेका अध्यक्ष जीवन विक्रम शाही, विवेकशील नेपाली संघका डिपी भण्डारी  हेल्पिङ ह्यान्ड नेपाल नर्वेका अध्यक्ष गोरख चन्द; जनप्रगतिशील मन्चका अध्यक्ष कृष्ण अर्याल , नेस्कोनका उपाध्यक्ष अर्जुन ढकाल लगायतका अतिथिहरुको सहभागिता थियो।
उक्त कार्यक्रम प्रवासी नेपाली मन्च नर्वेका महासचिव विश्वास वजगाईँले गरेका थिए।
Leave A Reply

Your email address will not be published.