एनजीओसँग प्रधानमन्त्री सशंकित

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा कार्यरत गैरसरकारी संस्थाका गतिविधि तथा उनीहरुले सञ्चालन गर्ने कामको प्रभावकारी अनुगमन गर्न समाज कल्याण परिषद्लाई निर्देशन दिएका छन् । ३७ औं सामाजिक सेवा दिवसको अवसरमा बिहीबार परिषद्ले गरेको कार्यक्रममा प्रधानमन्त्रीले समाज सेवाका नामका काठमाडौंका तारे होटल तथा उपत्यका बाहिर आफूलाई पायक पर्ने शहरमा कार्यक्रम गर्दा उनीहरुको प्रभावकारिता माथि प्रश्नचिन्ह खडा भएको बताए । प्रधानमन्त्री दाहालले देशका विकट क्षेत्र र समुदायका जनताको हितमा हुने गरी काम गर्ने बाचासहित दर्ता भएका गैरसरकारी संस्थालाई पारदर्शी तथा उत्तरदायी भएर काम गर्न समेत निर्देशन दिए ।
समाज सेवा पहिलो र रोजगारी दोस्रो स्थानमा राखेर गैरसरकारी संस्थाले काम गरे मात्रै उनीहरुको कामप्रति विश्वास गर्न सकिने प्रधानमन्त्रीको भनाइ थियो । अर्को एक प्रसंगमा प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनमा आइसकेको बताए । उनले उच्च अदालत नियमावली संसद्बाट पारित गराएर संघीयता कार्यान्वयनमा ल्याइएको बताए ।
कार्यक्रममा समाज कल्याणपरिषदमा २५ वर्ष काम गरेका केही कर्मचारीलाई प्रधानमन्त्री दाहालले परिषद्का तर्फबाट दीर्घसेवा पदकबाट सम्मानित गरेका थिए ।

Leave A Reply

Your email address will not be published.