अर्घाखाँचीको हंसपुरमा जीप दुर्घटना, ९ जनाको घटनास्थलमै मृत्यु

0

अर्घाखाँची- अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ९ यात्रुको मृत्यु भएको छ । हंसपुर गाविसमा ग १ ज ४८७८ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परेको फोरहृवील जीप हंशपुर गाविस ५ रतनमोर बजार नजिकै भीरबाट सात सय मिटर तल खसेको थियो । अहिलेसम्म दुर्घटना कसरी भयो र जिपमा सवार यात्रुसंख्या यकिन हुन भने सकेको छैन । दुर्घटनामा परि घाइते भएका ६ जनाको भने उद्धार भएको स्थानीय प्रहरीले बताएका छन् । जीप खसेको स्थानमा थोरै उकालो रहेकाले जीप पछाडि बगेर खसेको हुनसक्ने अनुमान गरिएको स्थानीय प्रहरीको भनाई छ । दुर्घटनामा परि घाइते भएका ६ जनाको उद्दार प्रहरी र स्थानीयवासीले गरेका छन् ।

Leave A Reply

Your email address will not be published.