पेरिस आक्रमण पछि आप्रबासीहरुलाई संकट

0
चारदिशा सम्बाददाता
 फ्रान्सको चार्ली हेब्दो आक्रमणका कारण युरोपेली मुलुकले सुरक्षा ब्यवस्था कडा गरेपछि त्यहाँ अवैधानिकरुपमा रही लुकीछिपी काम गर्दै आएका सयौं नेपाली समेत प्रभावित भएका छन् ।फ्रान्स घटनापछि युरोपेली देशले सुरक्षा ब्यवस्था कडा गरेको कारण त्यस क्षेत्रमा शरणार्थीको रुपमा बसेका र लुकीछिपी काम गर्दै आएका ब्यक्तिलाई समेत कडा निगरानी राखी सोधपुछ गर्न थालिएको छ ।

विशेषगरी बेल्जियम, फ्रान्स, नेदरल्याण्ड्स, स्पेन, नर्वे, अष्ट्रिया, जर्मनीलगायत देशले सुरक्षा ब्यवस्था कडा बनाएका कारण ती देशमा शरणार्थी र अवैधानिकरुपमा रही लुकीछिपी काम गर्दै आएका सयौं नेपाली अप्ठ्यारोमा परेका छन् ।
संयुक्त राष्ट्र संघीय शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय आयोग (युएनएचसीआर) को आँकडा हेर्दा युरोपेली देशमा शरणार्थीको रुपमा ठूलो संख्यामा नेपाली बस्दै आएका छन् । युरोपेली देशहरुमा मात्र अनुमानित १८ हजार भन्दा बढी नेपाली शरणार्थीका रुपमा बस्दै आएको देखिन्छ ।

‘फ्रान्स घटनाले गर्दा हिजोआज बाटोमा हिडडुल गर्दा पनि पुलिसले सोधपुछ गर्छ ’ युरोपमा शरणार्थी जीवन बिताइरहेका जय पुनले भन] , मैले काम गर्ने रेष्टुरेण्ट नजिक हिजो मलाई रोकेर सोधपुछ गरियो, काम गर्न अलि सहज छैन । ”युरोपमा शरणार्थी जीवन बिताएर अवैधानिकरुपमा काम गर्दै आएका पुनको मात्र हैन, नेपालगंजका सञ्चारकर्मी सौरभ गिरी, बाग्लुङका पूर्णबहादुर विश्वकर्मा, बानेश्वरका सागरकुमार शाहीलगायत सयौं नेपालीको पीडा यस्तै छ ।

लामो समय युरोपमा रहेर पनि कार्ड पाउन नसकेका सौरभ गिरी भने अहिले युरोपमा काम गर्न कठिन हुदै गएकाले आफू डिप्रेसनको सिकार समेत भएको बताउँछन् । यसअघि युरोपेली मुलुक विश्वमा नै निकै शान्त र आतंकवादबाट टाढा रहेको मानिथ्यो तर अहिले एउटा घटनाले समग्र युरोप हल्लाइदिएको छ, गिरी भन्नुछन्।
Leave A Reply

Your email address will not be published.