लुभेनमा नेपाल महोत्सव हुने

0

ब्रसेल्स । गैरआवासीय नेपाली संघ बेल्जियम र नेपाली दूतावासको संयुक्त आयोजनामा लुभेनमा नेपाल महोत्सव हुने भएको छ । अप्रिल १७ तारिखका लागि तय भएको उक्त महोत्सवमा बिहान ११ बजे सुरु भएर राति ११ बजे समाप्त हुने एनआरएन बेल्जियमले जनाएको छ ।
नेपाली कला संस्कृतिको संरक्षण गरौं, नेपाल महोत्सवमा सहभागी बनौं भन्दै जारी गरिएको प्रचार सामग्रीमा उल्लेख भएअनुसार ११ बजेदेखि १ बजेसम्म -याली, त्यसपछि उद्घाटन सत्र, २ बजेदेखि ३ बजेसम्म खानपान कार्यक्रम राखिएको छ । अप्रान्ह ३ बजेपछि सांस्कृतिक, नृत्य, सांगीतिक, परम्परागत सांगीतिक प्रस्तुति, नेपाली कलाको प्रदर्शनी, नेपाली खानबारे जानकारी र पर्यटक सूचना कार्यक्रम राखिएको छ । त्यसपछि नेपाल महोत्सव समापन हुनेछ ।
कार्यक्रम सफल बनाउन बेल्जियममा रहेका नेपाली समाज, राजनीतिक दलका भ्रातृ संगठन तथा संघ संस्थालाई सहआयोजक बनाइएको छ । उक्त महोत्सवको चार दिशा डट कम मिडिया पाटर्नरको रुपमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.