नेपाल सम्बन्धी १७ नम्बर बुँदाप्रति बेल्जियमका नेपालीद्वारा विरोध

0

ब्रसेल्स । हालै यूरोपियन यूनियनका प्रतिनिधिहरु र भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीको नेतृत्वको उच्च स्तरीय प्रतिनिधीहरुको उपस्थितिमा यूरोपको राजधानी ब्रसेल्समा भएको भारत र यूरोपियन यूनियन बिचको शिखर सम्मेलनमा नेपाल सम्बन्धि छुट्टै च्यापटरमा छलफल गरी नेपालमा हालै संबिधानसभावाट जारी गरिएको संबिधानको बिषयलाई लिएर गरिएको संयूक्त बिज्ञाप्तिको शत्र नं. १७ बुदांमा उल्लेखित “नेपालमा दीगो र समावेशी संवैधानिक ब्यवस्थापन होस ताकि संविधानमा मिल्न बांकी मुद्दा समय सीमा तोकेर संबोधन हुन सकोस् जसका कारणबाट नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास प्रबद्र्धनमा सहयोग पुगोस” भनी गरिएको  संयुक्त वक्तव्यमा प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
नेपाल लामो समय देखि सामन्ति राज्य ब्यवस्थाको जातो मुनी थिचिदै आउने क्रममा बिभिन्न चरणका आन्दोलन र बिषेश गरी दस बर्षे जनयूद्धको जगमा नेपालमा सबिधानसभाको घोषणा हुदैं निर्वाचन भएको हो । संबिधानसभा मार्फत नेपाली जनताले आप्mनो संविधान,कानुन अफै बनाउने लोकतान्त्रिक बिधिमा भएको निर्वाचनमा भाग लिई संबिधानसभामा जनप्रतिनिधि पठाई पचासी प्रतिसत भन्दा बढी नेपाली जनताको प्रतिनिधिहरुको मतले जारी भएको  हालको संबिधान हो । सोही संबिधानले नेपाललाई धर्म निरपेक्ष, स्थानिय निकायलाई अधिकार संपन्न गराउनुका साथै संघिय गणतन्त्रात्मक नेपालको निर्माण गर्न सफल भएको छ । संसारका कुनै पनि देशको संबिधान एकै पटकमा पुर्ण हुदैनन् । समय गतिशिल भएकोले समयको माग सगै देशको हरेक नियम कानुनहरु पनि परिवर्तन र चलायमान हुने गर्दछन ।  नेपालको संबिधान पनि जनताको चाहना अनुसार परिवर्तन हुदै जाने छ भन्नेमा नेपालका जनताहरु सचेत छन ।
भरत जस्तो संसारको ठुलो लोकतान्त्रिक भन्ने मुलुकले लोकतान्त्रिक मुल्य मान्यतालाई भन्दा क्षेत्रिय प्रभुत्वलाई महत्कांक्षा राख्नु र नेपाललाई अस्थितरता तर्प धकल्दै सिक्किमीकरणको बाटोमा लान खोज्ने र नेपालमा रहेको प्रकृतिक स्रोतहरुमा हैकम कायमराख्ने कुटिल चाललाई बिश्वको बिभिन्न देशहरुमा असान्दर्भिक रुपमा आफ्ना केहि असन्तुष्टीहरुको विषयलाई अन्र्तराष्ट्रिय फोरमहरुमा छलफल चलाउनु र लबिगं गर्नु जस्तो कार्य मोदि सरकारको अनधिकृत कदम र अतिवादी सोच हो भन्ने हाम्रो ठम्याई रहेको छ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी कार्यले अपार जलस्रोत माथिको हैकमलाई कायम राख्न र आन्तरिक राजनितिलाई अस्थिर बनाई नेपाली राजनिति भित्र कठपुतलीहरुको निर्माण गर्दै नेपाललाई भारतियहरुको मात्र पार्वाहनमा भर पार्न बाध्य पार्ने जस्ता कुटील चाललाई स्वभिमानी नेपालीहरुले बुझेका छन ।
नेपाल एउटा सदियौ देखी सर्वभौम स्वतन्त्र देश हो । सर्वभौम देशको बिषयमा नेपालको सहभागिता बिनानै त्यो देशको बिषयमा अन्य राष्ट्रले छलफल गर्नु भनेको सिधा नेपालको सार्वभौम माथिको ठाडो हस्तक्षेप र अन्तराष्ट्रिय कानुन,मुल्य मान्यता तथा संयुतm राष्ट्र संघको सिद्धान्त र मर्म विपरितको कार्य  हो । जसरी नेपालको संबिधान निर्माण गर्न नेपालीहरुनै संक्षम रहे त्यसै गरी संबिधानमा रहेको कमि कम्जोरीहरुलाई पनि नेपाली जनताहरुलेनै सच्याउदै लाने छन । हामी नेपालीहरु छिमेकीको सहयोग र सदभावको अपेक्षा राख्दछौं, हैकमको होईन भन्ने बिषयमा भारतिय सरकारलाई सचेत बनाउन चाहान्छौं । साथै यूरोपियन यूनियनले नेपालको संबिधान लोकतान्त्रिक बिधिबाट निर्माण भएको सन्दर्भमा अरुको कुत्सित भ्रममा नपर्न हामी ध्यानकर्षण गराउदै नेपालको आन्तरिक मामलामा हस्तक्षप नगर्न आग्रह समेत गर्दछौं ।
हामी प्रवासमा रहेका नेपालीहरु सार्वभौम, स्वतन्त्र नेपालको बिकास तथा समृद्धीमा सदैव चिन्तित रहनुका साथै हाम्रो एक थोपा रगत रहुन्जेल सम्म हामी हाम्रो सर्वभौमिकताको रक्षाकोलागी कसै संग झुक्ने छैनौ र  नेपाल माथि गरिने यस्ता वा जस्तोसुकै हस्तक्षेपको विरुद्ध ढटेर सामना गर्ने प्रतिवद्धता गर्दै हालै भएको भारतिय हस्तक्षेपको संयुतm विज्ञप्ती द्धारा घोर भत्र्सना गर्दछौं ।
संस्थाको तर्फबाट
सुरेन्द्र भुसाल              अध्यक्ष संयूक्त नेपाली मोर्चा, यूरोप
डा. किष्ण अर्याल         अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नर्वे
चित्र सुवेदी               अध्यक्ष नेपाली जनप्रगतिशील मंच, वेल्जियम
कृष्ण तिवारी              अध्यक्ष नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, वेल्जियम
गम बहादुर गुरुङ्ग          संयोजक तमु राष्ट्रिय मुतिm मोर्चा , युरोप
विर मान घर्तिमगर         अध्यक्ष  मगरात राष्ट्रिय मुतिm मोर्चा , युरोप
ईन्दिरा पौडेल              का. अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, वेल्जियम
मनिष गुरुङ्ग                संयोजक  नेपाली जनजाति सरोकार मंच, वेल्जियम
अच्यूत फुयाल              अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीजरल्यण्ड
गणेस ढकाल               अध्यक्ष नेपाली जनप्रगतिशील मंच, डेनमार्क
देबी गौतम                 अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, डेनमार्क
रामशरण ढकाल             अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीडेन
दलराम तामागं              संयोजक नेपाली जनप्रगतिशील मंच, आईरल्याण्ड
सुरेस गौतम                संयोजक नेपाली समाज यूके
मान गुरु¨                  संयोजक तमु राष्ट्रिय मुतिm मोचा,बेलायत
अरुण मगर                 संयोजक मगर राष्ट्रिय मुतिm मोर्चा, बेलायत
दिलाराम चापागाई           अध्यक्ष नेपाली जनप्रगतिशील मंच, पर्चुगल
गोबिन्द प्रसाद भण्डारी       अध्यक्ष नेपाली जनप्रगतिशील मंच, ईटाली
गंगा भुषाल                 अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्पेन
धनेश घले                 अध्यक्ष नेपाली जनप्रगतिशील मंच, फ्रान्स
रामचन्द्र पोख्रेल             अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नेदरल्याण्ड
सागर पोख्रेल               अध्यक्ष नेपाली जनप्रगतिशील मंच, जर्मनी

Leave A Reply

Your email address will not be published.