अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

0

काठमाडौं । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चीनका राजदूत वु चुन्ताईबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले गर्नुभएको चीन भ्रमण र त्यसक्रममा भएका दुई देशबीचको सम्झौताबारे छलफल भएको थियो ।
यस्तै मुलुकको पछिल्लो राजनीतिक अवस्था र चीन भ्रमणले पारेको प्रभावलगायतका विषयमा छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएकामा राजदूत चुन्ताईलाई धन्यवाद दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.