बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन

0

काठमाडौँ \  संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बुधबार बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सदस्य महेशप्रसाद बर्तौलाले जानकारी दिनुभयो ।

यसअघि बैठकमा प्रस्तावित राजदूत लम्सालले आफ्नो अनुभव, योग्यता, अभिरुचि र भावी रणनीतिसहितको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयको सचिवका रुपमा कार्यरत उहाँले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सक्नुभएको छ । रासस

Leave A Reply

Your email address will not be published.