नेपालमा एशियाकै ठूलो रग्बी प्रतियोगिता हुँदै

0

नेपालमा एसियाकै ठूलो रग्बी प्रतियोगिता एशिया इमिरेट्स रग्बी सेभेन्स ट्रफी आयोजना हुँदैछ । एशिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने प्रतियोगितामा  एशियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपालमा एशियाली स्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो । प्रतियोगिताको विजयी महिला तथा पुरुष टोलीले एशिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् ।

यो प्रतियोगिता २०२५ मा हुने एशिया रग्बी सेभेन्स सिरिजको छनोटको रुपमा समेत रहनेछ । नेपाली टिम सन् २०१६ देखि एशिया रग्बीमा सहभागी हुँदै आएको छ । गएको वर्ष कतारमा सम्पन्न भएको प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया र कीर्गिस्तानलाई हराएको थियो।

Leave A Reply

Your email address will not be published.