मनसुन सक्रिय भएपछि ५६ जिल्लामा ‘रेड अलर्ट’

0

काठमाडौं \ मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ ।

मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखेकोमा आज जारी अर्को विशेष बुलेटिनमा ५६ जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको छ ।महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् ।

असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर वर्षाको सम्भावाना छ । मौसमविदका अनुसार कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । यी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षा पनि हुन सक्ने छ । साथै तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ ।

हेर्नुहोस्  जोखिमको सूची-

 

Leave A Reply

Your email address will not be published.