राष्ट्रपति सकारात्मक नभएपछि संविधान दिवसमा भएन कैद माफी

0

काठमाडौँ \ यस वर्ष संविधान दिवसको अवसरमा कुनै पनि कैदीहरूको कैद माफी नहुने भएको छ । विगतमा संविधान दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता विशेष अवसरमा कैदीहरूको माफी मिनाहा गर्ने प्रचलन भएपनि यो पटक राष्ट्रपति रामचन्द्र पौडेलको विशेष चासोका कारण कैद माफीसम्बन्धी कुनै निर्णय नभएको हो ।

स्रोतका अनुसार कारागार व्यवस्थापन विभागले असल चालचलन भएको जिकिर गर्दै कैदीहरूको कैद माफीका लागि गृह मन्त्रालय हुँदै राष्ट्रपति कार्यालयमा दुई चरणमा प्रस्तावित सूची पठाएको थियो । सो प्रस्ताव आएसँगै राष्ट्रपति कार्यालय शीतल निवासले गृहमन्त्रीसहित विभागका महानिर्देशकलगायतका सरोकारवालासँगको छलफलमा कानुनी अड्चनसहितका विवादका विषय समेत उठाएको थियो । त्यसपछि राष्ट्रपति कार्यालयमा फाइनल प्रस्ताव नै नगएको बताइएको छ । जसका कारण यस वर्ष कसैको पनि कैद माफी मिनाहा नहुने भएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

विगतमा कैदीको माफी मिनाहा विवादमा तानिएपछि राष्ट्रपति कार्यालयले चासो राख्दै यसबारे सरोकारवाला निकायसँग बेलैमा छलफल गर्दै विवादित व्यक्तिहरूको नाम आएमा निर्णय दिन नसकिने स्पष्ट पारेको थियो ।
यस अगाडि राष्ट्रपतिबाट कांग्रेस नेता रिगल भनिने योगप्रसाद ढकालले हत्याको सजायबाट सजाय माकीको श्रीमतीले रिट दायर गएसँगै राष्ट्रपतिबाट भएको निर्णय बदर भएको थियो । यसपछि झस्किएको राष्ट्रपति कार्यालयले जेठ १५ गते परेको गणतन्त्र दिवसमा पनि यस्तै विवाद हुन सक्ने भएकाले कुनै निर्णय गरेको थिएन ।
Leave A Reply

Your email address will not be published.