पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

0

जुम्ला \ पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लामा रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।

यो राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा गाडी र यात्रु अलपत्र परेका छन् ।

Leave A Reply

Your email address will not be published.