करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडी

0

राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औँ वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् । भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हिजो भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड दिनुभएको छ ।

एरिकाले गएको वर्ष चीनको हाङजाउमा भएको १९औँ एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । त्यस्तै उनले १०औँ सितोरियो कराते विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । स्यान्टु पेरिस ओलम्पिक्समा छनोट हुने तेस्रो नेपाली खेलाडी हुन् । अहिले स्यान्टु अष्ट्रेलियामा रहेको कारण उनको बुवाले अवार्ड ग्रहण गरे । एरिका र स्यान्टु दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।

वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डबाट पलेशा गोवर्धन सम्मानित भएकी छिन् । पलेशाको अभिभावक र प्रशिक्षक कविराज नेगी लामालाई पनि सम्मान गरिएको छ । यस्तै वर्ष उत्कृष्ट महिला जुनियर खेलाडीबाट एथलेटिक्सका देवकी कुमारी धामी र वर्ष उत्कृष्ट पुरूष जुनियर खेलाडीबाट क्रिकेटका दिपेश कडेल सम्मानित भएका छन ।

नेपाल कराते महासङ्घ उत्कृष्ट सङ्घ बनेको छ । खेल पत्रकारिता अवार्डबाट अनिल मल्ल ठकुरी र नमिता दाहाल सम्मानित हुनुभएको छ ।

Leave A Reply

Your email address will not be published.