विश्वकप क्रिकेट लिग–२ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज एक कार्यक्रमका बीच नेपाली टोलीको बिदाइ गरेको हो ।

नेपाली टोली आज राति क्यानडा जाँदैछ । क्यानडा भ्रमणका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ ।

क्यानडामा नेपालले भदौ ३१ गते र असोज ६ गते घरेलु टोलीसँग खेल्नेछ । यस्तै नेपालले असोज २ गते र असोज ८ गते ओमानसँग खेल्नेछ । यो शृङ्खलापछि क्यानडा, नेपाल र ओमानबीच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि हुनेछ । टी–२० शृङ्खलामा नेपालले असोज १२ गते र असोज १५ गते क्यानडासँग तथा असोज १३ र असोज १६ गते ओमानसँग खेल्नेछ ।

यसपछि नेपालले आउँदो अक्टोबरमा अमेरिकामा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला खेल्नेछ । यो शृङ्खलामा घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो शृङ्खलापछि अमेरिका, नेपाल र स्कटल्यान्डबीच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि हुनेछ ।

Leave A Reply

Your email address will not be published.