तीन प्रदेश प्रमुख नियुक्त

0

काठमाडौँ \   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस 

Leave A Reply

Your email address will not be published.