कप्तान रोहित, दीपेन्द्र र सन्दीपले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने

0

काठमाडौँ \  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने भएका छन्।

साउन १० गते (जुलाई २५)  देखि क्यानडामा सुरु हुने ग्लोबल टी-२० लिगमा राष्ट्रिय टिमका तीन खेलाडी अनुबन्ध भएका हुन्।

दीपेन्द्र र सन्दीप दुवैले भ्यानकुभर नाइट्सबाट खेल्दैछन्। क्यानडाको ग्लोबल टी-२०मा सन्दीप र दीपेन्द्रले अघिल्लो संस्करणसमेत खेलेका थिए।

अघिल्लो संस्करणमा दीपेन्द्रले मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए भने सन्दीपले मोन्ट्रियल टाइगर्स र टोरोन्टबाट खेलिसकेका छन्।

नेपाली राष्ट्रिय टिमका कप्तान पौडेल टोरन्टो नेशनलमा अनुबन्धित भएका हुन्। उनले पहिलो पटक नेपालबाहिर फ्रेन्चाइज लिग खेल्न लागेका हुन्।

Leave A Reply

Your email address will not be published.