राष्ट्रपतिद्वारा ऐतिहासिक खड्गकालिका मन्दिरको उद्घाटन

0

तनहुँ \ राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको ऐतिहासिक खड्गकालिका मन्दिरको उद्घाटन गर्नुभएको छ । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खड्गकालिका मन्दिरको उद्घाटन गर्नुभएको हो ।

पुरातत्त्व विभागको आर्थिक सहयोगमा २०७८ साल चैतदेखि मन्दिरको पुनर्निर्माण शुरु भएको थियो । तनहुँसुरमा रहेको दरबारको २०७६ सालमा पुरातत्त्व विभागले उत्खनन गरेको थियो । त्यही दरबारको नजिकै जीर्ण अवस्थामा रहेको मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरेको वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिनुभयो । खड्गकालिकाको शेषका रूपमा तनहुँको व्यास–४ दमौलीमा पनि तनहुँ कालिका मन्दिर निर्माण गरिएको छ ।

तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंस भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास छ ।

Leave A Reply

Your email address will not be published.