राप्रपाको प्रदर्शनमा झडप : २५ घाइते, तीन जना पक्राउ

0

काठमाडौ \  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमा झडप हुँदा २५ जना घाइते भएका छन्। तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार घाइते हुनेमा १८ जना प्रदर्शनकारी छन् भने सात जना सुरक्षाकर्मी छन्।

उहाँले भन्नुभयो, “प्रदर्शनका क्रममा सामान्य झडप हुँदा सात जना प्रहरी र १८ प्रदर्शनकारी घाइते भएका छन्। घाइतेको अवस्था सामान्य छ। ३ जनालाई नियन्त्रणमा लिएका छौँ।”

नियन्त्रणमा रहेकाको अनुसन्धान भइरहेको मैनालीले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.