एकीकृत र सवल एनआरएनए बनाउन डा. केशव पौडेलले गरे अपिल

0

काठमाडौँ  \ गैर आवासीय नेपाली संघ (एनआरएनए) का एक अभियन्ता डा. केशव पौडेलले एकीकृत र सबल एनआरएनए बनाउन संसारभरि रहेका गैर आवासीय नेपालीहरुलाई सामाजिक सञ्जाल मार्फत अपिल गरेका छन् । उनले एनआरएनए विवादको सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णयलाई स्वागतयोग्य भन्दै उक्त फैसलालाई एकतावद्ध एनआरएनए बनाउने एउटा अवसरको रुपमा लिनु पर्ने बताएका छन् ।

१० औं महाधिवेशन पछि गठित केन्द्रीय कार्य समितिमा महासचिव तथा ११ औं महाधिवेशन पछि गठित आरके शर्मा नेतृत्वको कार्यसमितिमा केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेका डा पौडेलले नेपाली नागरिकताको निरन्तरताका निम्ति खण्डित एनआरएनए अनि निश्चित स्वार्थ सहितको एनआरएन नभई सबै समेटिएको एनआरएनको आवश्यकता रहेको बताए । “अहिले हामीले उठाउँदै आएको नागरिकताको विषय गैरआवासीय नेपाली नागरिकताको व्यवस्थासँगै आंशिक सम्बोधन पक्कै भएको छ । यसमा पनि हामी एकताबद्ध हुन नसक्दा कमजोर आवाजका कारण धेरै विषयहरूलाई सम्बोधन गराउन सकेका छैनौं,” उनले भने ।

व्यक्तिगत रूपबाट भन्दा पनि संस्थागत रूपमा हेर्दा सर्वोच्चको यो निर्णयले संस्थाले जितेको छ भन्दै एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष समेत रहेका डा. पौडेलले फैसलालाई विभिन्न कोणवाट परिभाषित गर्ने र फेरि आ-आफ्नो अनुकुल व्याख्या गर्ने चेष्टा नगर्न बरु यसलाई सबै एनआरएनहरु सहमति, सहकार्य र सह-अस्तित्वका साथ अघि बढ्दै एकतावद्ध एनआरएनए बनाउने अवसरका रुपमा उपयोग गर्न आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.