स्वतन्त्र प्रबास संपर्क मंचको निनोभ क्षेत्रीय समिति गठन

0

राष्ट्रिय स्वतन्त्र पार्टीको बेल्जियम इकाई ”स्वतन्त्र प्रबास एकता सम्पर्क मंच” ले बेल्जियमका बिभिन्न शहरमा क्षेत्रीय समिति गठन सुरु गरेकोछ । अप्रिल एक तारिख सोमबार पार्टिका सुभेच्छुकहरुको भेलाले निनोभ क्षेत्रीय समिति गठन गरेको जानकारी गराइएकोछ  ।

नेपाली जनता अपेक्षा गरे अनुसार शान्ति, सुरक्षा, सुशासन र सम्बृद्दीको सपना साकार बनाउने लक्ष्य सहित जनताको जीवनस्तरमा सुधार ल्याउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिबद्ध्तालाई प्रबासबाट सहयोग गर्ने उद्यस्यले संगठन बिस्तार गर्ने अभियान सुरु गरिएको मंचका बेल्जियम उपाध्यक्ष रमेश कंडेलले बताएकाछन ।

स्वतन्त्र प्रबास एकता सम्पर्क मंच बेल्जियमका अध्यक्ष कृष्ण दाहालको संयोजकत्वमा निनोभ वरिपरि बस्ने नेपालीहरुको उपस्थितिमा भएको भेलाले श्रीमती इन्दिरा खानालको संयोजकत्वमा स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च – बेल्जियम निनोभ शाखा समिति गठन भएकोछ ।

खनाल प्रमुख रहेको समितिको उप–प्रमुख: श्रीमती सिर्जना दाहाल ,सचिबः खेम खनाल ,कोष नियन्त्रक: श्रीमती कविता धिमाल सदस्य : श्रीमती बिमला खनाल सदस्यः श्रीमती कविता काफ्ले ,सदस्यः श्रीमती पदम कुमारी दाहाल ,सदस्यः श्रीमती निम माया छन्त्याल,सदस्यः श्रीमती कुषा गुरुङ, सदस्यः गणेश बुढा मगर ,सदस्य श्रीमती दिलु गुरुङ हुनुहुन्छ ।

समितिको सल्लाहकारमा पूर्ण खनाल, कृष्ण छन्त्याल, श्याम गुरुङ, रुपेन्द्र दाहाल, किरण गुरुङ सुबास बन्जारा, प्रदिप भट्ट देबेन्द्र पुडासैनी, सन्तोषी श्रेष्ठ, कृष्ण चन्द्र केसी र उमेश अर्याललाई चयन गरिएकोछ ।

भेलामा केन्द्रिय प्रतिनिधिका रुपमा स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च  बेल्जियमका उपप्रमुख रमेश कंडेल, सचिव डा. गोकर्ण पाण्डेय, कोष नियन्त्रक अर्जुन घिमिरे, सदस्य दीपक न्यौपाने, सल्लाहकारहरु डिल्लीराम भण्डारी र  प्रकाश कार्कीको उपस्थिती रहेको थियो ।

समितिको घोषणा पछि स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च  बेल्जियमका प्रमुख कृष्ण दाहालले शपथ ग्रहण गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.