काठमाडौंमा जापानी चलचित्र महोत्सव

0

हरेक वर्ष मार्च १५ तारिखमा मनाईने ‘जापान डे’ को अवसरमा जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा काठमाडौंमा ‘जापानी चलचित्र महोत्सव’ भैरहेको छ ।

जापानिज ल्याङवेज टिचर्स एशोसियशन नेपालको सहयोगमा हिजोदेखि शुरु भएको महोत्सवमा पाँच चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा पहिलो दिन हिजो दुई र दोस्रो दिन आज तीन चलचित्र प्रदर्शन हुने जाल्टानका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो ।

महोत्सव जापानिज भाषा र साहित्यलाई प्रवर्द्धन गर्न आयोजना गरिएको हो ।

Leave A Reply

Your email address will not be published.