नेपाली दुताबास भियनाले ग्रिसका नेपालीहरुका लागि राहदानी बनाउन छिट्टै टोली खटाउने,

0

उमा थापा , एथेन्स,

विभिन्न मुलुक तथा नेपालबाट ग्रिस आइपुगेर यहाँका विभिन्न सहरमा बस्दै आएका राहदानी हराएका ,नविकरण गर्नुपर्ने ,म्याद सकिएका नेपाली नागरिकहरुका लागि यहीबाट सुबिधा दिने नेपाली राजदूताबास भिएनाले जानकारी दिएको छ । बिहीबार एक सूचना जारी गर्दै नेपाली दूतावास भिएनाले राहदानी हराएका र राहदानि सम्बन्धी अन्य समस्या भएका नागरिकको समस्या समाधानका लागि छिट्टै घुम्ती टोली खटिने जानकारी गराएको हो ।

राहदानी हराएकाहरुले हराएको राहदानीको प्रतिलिपी ,नेपाली नागरिकताको प्रतिलिपी र स्थानीय प्रहरीबाट प्रहरी रिपोर्ट पेश गर्नुपर्ने दूतावासले जनाएको छ । राहदानी बनाउन चाहिने कागजपत्रहरु संबंधित ब्यक्तिले नेपाली राजदूताबास भियनामा इमेल मार्फत पठाउन पनि दूतावासले जारि गरेको सूचना मा जनाएको छ ।

राहदानी बनाउन नियमिततर्फ एकसय बीस युरो र हराएको ,च्यात्तिएको वा अन्य कुनै कारणले राहदानी नस्ट भएकाहरुका लागि २४० युरो राजस्व शुल्क लाग्ने र सो रकम स्वयंम आवेदकले दूतावासले तोकेको खातामा जम्मा गर्नुपर्नेछ ।
दूतावासले जानकारी दिए अनुसार राहदानी नविकरण टोलि छिटोभन्दा छिटो ग्रिस आउनेछ। राहदानी बनाउन बायोमेट्रिक गर्न आउदा हराएको राहदानी , नागरिकता सक्कल तथा प्रहरी रिपोर्ट संगै लिएर आउनुपर्नेछ ।

राहदानी अनलाइन आवेदनका लागि बुकिङ स्टलहरु टोलिको भ्रमणमिति तय भएपछि खोलिने र अन्य प्रकृयाका बारेमा राजदुतावासले अर्को सूचना प्रकाशित गर्ने भएकाले दूतावासको फेसबुक पेजबाट नियमित रूपमा सुसूचित हुन समेत राजदुतावासले अपील गरेको छ ।बायोमेट्रिक हुने मिति ,समय र स्थान दूतावासले अर्को सूचना मार्फत जानकारी गराउने बताएको छ ।
राहदानी बनाइदिने बहानामा दलालले ठग्न सक्ने भएकाले कोहि कसैले दलालको बिश्वास गरेर रकम नखर्चिन दूतावासले आग्रह गरेकोछ । कसैले राहदानी बनाइदिने बहानामा हजारौं रकम माग्ने ,धम्याउने गरेमा संम्बधित निकायमा उजुरी दिनसक्ने र सो प्रमाणका आधारमा कानुनी कारबाही गर्ने दूतावासले जनाएकोछ ।

साथै कोही कसैले मौका यहि हो भनेर नेपाली नागरिकलाई ठग्ने प्रयास नगर्न समेत दूतावासले सचेत गराएको छ । दूतावासले जारी गरेको सूचना बाहेक अन्य नक्कली सूचना अथवा ब्यक्तिगत समाचार सम्प्रेषणका आधारमा कोहि नेपाली नागरिक नठगिन पनि दूतावासले सबैलाई अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.