केन्द्रीय कार्यालयका कर्मचारीलाई हतोत्साहि नगर्न एनआरएनए प्रबक्ता सुबेदीको चेतावनि,

0

गैर आवासीय नेपाली संघ केन्द्रीय सचिवालयमा कार्यरत सहायक निर्देशक बन्दना शर्माद्वारा “गम्भीर ध्यानाकर्षण तथा सहजिकरणको अपेक्षा“ विषय राखी सहयोगको लागि अपिल गर्दै पठाइएको इमेलप्रति एनआरएनएले गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।

एनआरएनए प्रबक्ता द्वारा जारि विज्ञप्तिमा , लाखौ प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने २० वर्ष भन्दा लामो इतिहास बनाइसकेको गरिमामय यस संस्थाको सचिवालय सञ्चालनमा भएका गम्भिर, अवैधानिक र गैरकानुनी गतिविधिले सचिवालयका कार्यकारी प्रमुखलाई शंकाको घेरामा ल्याएको छ । ११ औं अधिवेशनको निर्वाचनमा गम्भीर अनियमितताहरु भएको सार्वजनिक भए पछि निर्वाचन तथा लेखा समेतको छानबिन गर्न नेपाल सरकारले उच्चस्तरीय छानविन समिति गठन गरी सकेको अवस्थालाई ध्यानमा नराखी सचिवालयले गर्दै आएको कार्यको हामी घोर भ्रत्सना गर्दछौं प्रवक्ता नारायण सुवेदीले भनेकाछन  ।

सुवेदीद्धारा जारी प्रेस विज्ञप्तीमा ईमेलमा उल्लेख गरिए जस्तै विभिन्न शीर्षकमा गरिएका आर्थिक अनियमितताले संघको सचिवालय संचालन कार्यविधि विपरीत संस्थामा व्यापक आर्थिक अपचलन भै रहेको उल्लेख गरिएको छ । सहायक निर्देशक शर्माले उठाउनु भएका सबै विषयहरुको निष्पक्ष छानविन गर्न हामी उच्चस्तरीय छानविन समिति समक्ष माग गर्दछौं,प्रवक्ता सुवेदीले भने ।

११ औं अधिवेशनको निर्वाचन प्रक्रिया त्रुटिपूर्ण भएपछि पनि आफूलाई आधिकारीक दाबी गर्ने बद्री केसी समुहलाई परराष्ट्र मन्त्रलायले वैधानिकता नदिएको वर्तमान अवस्था र सोही विषय लगायतमा छानविन गर्न उच्च स्तरीय छानविन समिति बनेर कार्य गरीरहेको अवस्थामा संस्थाको सम्पतिहरु कुनै पनि समुहलाई दुरुपयोग गर्ने अधिकार नभएको विज्ञप्तीमा उल्लेख छ । विभिन्न क्रियाकलापमा प्रयोग गरीएका महङ्गा कानुनी अधिवक्ताहरुलाई समेत संघको कोषबाट भुक्तानी गरी संस्थाको सम्पतिको दुरुपयोग गरीएको प्रति गम्भिर आपत्ति रहेको प्रवक्ता सुवेदीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.