निर्यात व्यापारलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक : अर्थमन्त्री

0

काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन) को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

अर्थमन्त्री डा. महतले महासङ्घको भूमिकाको प्रशंसा गर्नुहुँदै भन्नुभयो, ‘‘तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्त्वपूर्ण योगदान रहँदै आएको छ ।’’

मन्त्री महतले निर्यात व्यवसायी महासङ्घ नेपालले उठान गरेका सवालहरु सबै जायज माग रहेको उल्लेख गर्नुहुँदै सरकारले चाहँदा चाहँदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसिएको र निकट भविष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.