जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजित थापा पक्राउ

0

काठमाडौं \  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ ।

सिआइबीका प्रमुख किरण बज्राचार्यका अनुसार तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण सिंह थापा र अरुण चौधरीलाई १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो ।

चौधरीको द चाँदबाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण सिंह थापाको मिलेमतो रहेको आरोपमा दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.