नयाँ दिल्ली (भारत) – परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभएको छ ।
काठमाण्डाै विश्वविद्यालय र भारतको ‘इग्रो फाउन्डेशन’ काे आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि शुरू भएकाे ‘भारत–नेपाल आर्थिक सम्मेलन’ मा परराष्ट्रमन्त्री राणाले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गर्नुभएको हो ।
मन्त्री राणाले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था पनि बनेको उल्लेख गर्नुभयो । उहाँले नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक रूपमा मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा परराष्ट्रमन्त्री राणाले दुई देशबीच भएको विद्युत् व्यापार सम्झौताले आउँदाे १० वर्षभित्र १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने योजना अघि सारेको र नेपालले भर्खरै भारतको