बेवारीसे नागरिकको अभिभावक प्रदेश सरकार: मुख्यमन्त्री जम्कट्टेल

0

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले असहाय बेवारीसे नागरिको अभिभावक प्रदेश सरकार बन्ने बताएका छन् । हेटौंडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताए ।

प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थाहरुलाई सहयोग गर्दै मानवताका र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उनले बताए । प्रदेश सरकार स्थापना देखि हालसम्म मावन सेवा आश्रमको व्यवस्थापनका लागि विभिन्न कार्यत्तम अन्तर्गत बजेट विनियोजन गर्दै आएको उनको प्रदेश सरकारले स्थापना कालदेखि हालसम्मको अवस्थामा ४ करोड रुपैयाँ भन्दा बढी रकम सहयोग स्वरुप लगानी गरेको छ । चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले ४० लाख रुपैयाँ सवारी खरिदका लगि विनियोजन गरेको उनको भनाई छ ।

प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म आगामी दिनमा पनि आश्रमका विभिन्न काममा प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री जम्कट्टेलले नागरिकहरुको सहायताका विभिन्न विषयमा प्रदेश सरकारले लगानी गरिरहेको र मानव सेवाका काममा पनि निरन्तर रुपमा लगानी गर्ने सोच रहेकाले उचित योजनाका साथ प्रस्ताव पेश गर्न आग्रह गरे । उक्त अवसरमासामाजिक विकास मन्त्री कुमारी मोक्तानले सडक मानव मुक्त प्रदेश निर्माणको अभियानमा प्रदेश सरकारले काम अघि बढाएको बताइन् । अभिभावक नभएका बालबालिका तथा असाहय नागरिक तथा वृद्धवृद्धाहरुको साथमा प्रदेश सरकार विगतदेखि नै रहँदै आएको र आगामी दिनमा पनि विभिन्न माध्यम मार्फत् क्रियाशिल रहने उनले बताएन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा संविधानले व्यवस्था गरे अनुसारको अधिकार जनतालाई दिलाउन राज्यका हरेक अंग तयार रहनु पर्नेमा उनले जोड दिइन् । सोही अनुरुप मानव सेवा आश्रममार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान अघि बढिरहेको उनले बताइन् । आश्रममा आश्रित नागरिकहरुको विभिन्न समस्या समाधानमा प्रदेश सरकारले निरन्तर रुपमा सहयोग गर्दै आएको र नागरिकता लगायतका विषयमा रहेका जटिलता हटाउन संघीय सरकारसंग नियमित छलफल तथा समन्वय भइरहेको उनको भनाई छ ।

Leave A Reply

Your email address will not be published.