गाजा क्षेत्रमा अझै केही महिना युद्ध चल्नेछ : इजरायली रक्षामन्त्री

0

इजरायलले गाजा क्षेत्रमा अझै केही महिना युद्ध चल्ने जनाएको छ । इजरायलका रक्षामन्त्री योभ ग्यालान्टले एक अमेरिकी शीर्ष अधिकारीलाई गाजामा हमाससँगको लडाइँ अझ केही महिना चल्ने बताएका मन्त्रालयलाई उदृत गर्दै  बीबीसीले जनाएको छ ।

इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई भेट्ने क्रममा रक्षामन्त्री ग्यालान्टले युद्ध केही समय चल्ने र त्यसमा विजय प्राप्त हुने दाबी गर्नु भएको खबरमा उल्लेख छ । यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमास विरुद्धको आफ्नो लडाइँलाई कसैले पनि रोक्न नसक्ने बताउनु भएको थियो । अन्तर्राष्ट्रिय दबाबले पनि युद्ध नरोकिने दाबी गर्दै अन्तिम अवस्था र जित नहुन्जेलसम्म लड्ने उहाँको भनाइ थियो ।एजेन्सी

Leave A Reply

Your email address will not be published.