चितवन सहायता कोष ( क्याट ) बेल्जियममा ईश्वरी प्रशाद कंडेल

0

सन २००५ मा स्थापना भएर परोपकारी एबम सामाजिक अभियानमा सकृय बेल्जियम स्थित सामाजिक संस्था चितवन सहायता कोष (क्याट बेल्जियम) को लुभेनमा सम्पन्न १६ औ बार्षिक साधारण सभा तथा आठौं अधिबेशनले इश्वरी प्रशाद कंडेलको अध्यक्षतामा १६ सदस्ययी कार्यसमिति निर्बिरोध चयन गरेकोछ ।

अधिबेशनले उपाध्यक्ष, शंकर बजगाई; तेजेन्द्र कँडेल,महासचिब मोहन केसी, सचिव इश्वर प्रसाद चौधरी, बिष्णु पौडेल, कोषाध्यक्ष नारायणप्रशाद पौडेल र सदस्यहरुमा निर्मला बजगाई अधिकारी, राजकुमार श्रेष्ठ,रामशरण महतो, ओमप्रकाश गुरुङ,खीमराज न्यौपाने, सरस्वती सुबेदी, सबिन न्यौपाने सन्तोष पौडेल, झलकमणी अधिकारी पनि सर्बसहमतिमा चयन हुनु भएकोछ ।

बेल्जियमका लागि नेपाली दुतावासका तृतीय सचिब रमेश गैरे प्रमुख अतिथि र विशिष्ठ अतिथि क्याट बेल्जियमकी संस्थापक अध्यक्ष तथा गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाद्वारा पानसमा दीप प्रज्वलीत गरि संयुक्त रुपमा अधिबेशन उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा जाजरकोट र रुकुममा गत नोभेम्बर तीन तारिक गएको भुकम्पमा परि ज्यान गुमाउनु भएकाहरुको सम्झनामा एक मिनट मौन धरान गरिएको थियो घाइत्यहाँरुको सिघ्र स्वास्थ्यलाभको कामना गरिएकोथियो । संस्थाले भुकम्प पीडितहरुका लागि प्रधानमन्त्री राहत कोषमा दुईलाख रुपया सहयोग गरि सकेकोछ ।

अधिबेशनको उद्घाटन शत्रमा चितवन समाजका सदस्यहरुका बाबु नानीहरुले बिभिन्न विश्वबिद्यालयबाट उत्कृष्ट अंक सहित डिग्रि हाशिल गरेका प्रियन्का गुरुङ, प्रभाश पाण्डे, दिपेश् सुबेदी लगायतलाई सम्मान गरिएको थियो ।

संस्थाका महासचिब शंकर बजगाईले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाध्यक्ष मोहन केसीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्बसम्मत पारीत भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैरेले क्याट बेल्जियम प्रवासमा बस्ने नेपालीहरु मध्ये उत्कृष्ठ संस्था रहेको र सामाजिक काममा सकृय नेपालीहरु यसको सदस्यहरु रहेकोमा खुशी प्रकट गर्दै संस्थाले सम्पन्न गरेका एक करोडको परोपकारी अक्षयकोष स्थापना लगायतका कामको प्रसंशा गर्नु भएको थियो ।

उहाले संस्थाहरु संचालन गर्दा आरोह अवरोहहरु आउने भएको हुँदा त्यस्ता अप्ठ्याराहरुबाट सिकेर अगाडी बढे समाज र व्यक्ति स्वयमलाई सन्तोष मिल्ने भएकोले यस्तो कार्यलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले क्याट बेल्जियमको स्थापनाकालको स्मरण गर्दै हालसम्मका कामहरुले आफुलाई प्रसन्नता मिलेको छ भन्दै कर्म गरौ तर फलको आशा नगरौ भन्नु भयो । उहाले समाज सेवामा फल भन्दा पनि कर्मवाट प्रेरित भए सहि अर्थमा समाजसेवा हुने बताउनु भयो ।

नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरनकुमार खवासले क्याट बेल्जियमका कामहरु गौरव गर्न लायक भएको हुँदा नेबाब बेल्जियम जुनसुकै परिस्थितिमा पनि क्याट बेल्जियमसंग सहकार्य गरेर सामाजिक अभियानमा सहभागि हुन सक्ने बताउनु भयो।

गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य मदन दवाडीले केन्द्रमा देखिएको विवादले नेपाल र प्रवासमा समेत प्रवासी नेपालीहरु शिर ठाडो बनाएर हिड्न सक्ने अवस्था नरहेको बताउँदै यो अवस्थाको अन्त्यका लागि सबैले पहल गरौ भन्ने आग्रह गर्नुभएको थियो । दवाडीले आफु यो वा त्यो कुनै पक्षमा नरहेको र बिशुद्धरुपमा एनआरएनएको भएको बताउनु भयो ।

अर्का केन्द्रीय सदस्य भीम सुबेदीले आफुहरुलाई बेल्जियमको नेपाली समाजले केन्द्रमा पठाएकोले आफु सधैं यहाँको समाज प्रती उत्तरदायि हुने बताउँदै केन्द्रमा देखिएको विवाद छिटो समाधान हुनेमा आफु विश्वस्त रहेको विश्वाश दिलाउनु भयो ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका कार्यबाहक अध्यक्ष नरहरी सापकोटाले क्याट बेल्जियमले समुदायमा उदाहरणीय काम गरेकोमा खुशी प्रकट गदैै यो संस्था अरु सामाजिक संस्थाहरुका लागि प्रेरणाको श्रोत भएको बताउनु भयो ।

कार्यक्रममा जनप्रगतिशील मोर्चाका प्रतिनिधि मेघ गुरुङले संस्था संचालनमा सजिलो अप्ठ्यारो सबै प्रकारको अवस्था आउने भएकोले निश्चित स्थानमा पुर्याउन सबैले प्रयास गर्नुपर्ने सुझाब दिनु भयो ।

प्रवासी नेपाली मंच बेल्जियमका प्रतिनिधी बिनोद न्यौपानेले संस्थाका कतिपय क्रियाकलापहरुले समाज र परिवारबीच हार्दिकता ल्याउन अत्यन्त महत्वपूर्ण भूमिका खेलेको बताउँदै यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिन आग्रह गर्नु भयो ।

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेलले संस्थाले गरेका क्रियाकलापहरुको प्रशंसा गर्दै संस्था समाज सेवाका लागि अझ बढी सक्रिय भएर लाग्नुपर्ने सुझाव दिनु भयो ।

संयुक्त किराँत समाजकी अध्यक्ष कबिता साउदेनले समाजमा थुप्रै सक्षम मानिसहरु भएता पनि अव आउने कार्य समितिमा सक्षम मानिसहरु भन्दा पनि असल मानिसहरुको उपस्थिती हुनुपर्ने सुझाब दिनु भयो ।

लुम्बिनी कपिलबस्तु अभियानका संस्थापक दामोदर आचार्यले अधिबेशन सफलताको कामना गर्दै २५५ युरो आर्थिक सहयोग गर्ने घोषणा गर्नु भयो ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा; युरोपका कार्यबाहक अध्यक्ष केजिन राई, पत्रकार सनत आचार्य, संस्थाका पूर्व अध्यक्ष रामहरि घिमिरे, पार्वती अधिकारी, भुवन सुबेदी, दिनेश भण्डारी, लगायतले पनि अधिबेशनको सफलताको कामना गर्दै शुभकामना दिनु भएको थियो ।
संस्थाका अध्यक्ष राजु घिमेरेले आफ्नो कार्यकालमा संस्थाको अभियानमा आर्थिक भौतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिदै नेत्रित्वमा नरहे पनि संस्थाले गर्ने परोपकारी काममा सधैं सकृयता पूर्वक लाग्ने बचनबद्धता प्रकत गर्नु भयो ।  क्याट बेल्जियमका महासचिब शंकर बजगाईले संचालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष इश्वरी कंडेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.