भारतले दियाे अस्ट्रेलियालाई २ सय ४१ रनकाे लक्ष्य

0

काठमाडौ \ एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा जितमा लागि आयोजक भारतले अस्ट्रेलियालाई २४१ रनको रनको मध्यम लक्ष्य दिएको छ । अहमेदाबादस्थित नरेन्द्र मोदी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २४० रन बनायो ।

भारतका लागि केएल राहुलले सर्वाधिक ६४ रन बनाउनुभयो । यस्तै विराट कोहलीले ५४, ओपनर एवं कप्तान रोहित शर्माले ४७, सूर्य कुमार यादवले १८, कुलदीप यादवले १० र मोहमेद सिराजले अविजित नौ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिनुभयो । प्याट कुमिन्स र जो हाज्लेउडले दुई दुई तथा ग्लेन म्याकवेल र आदम जम्पाले एक एक विकेट लिनुभयो ।

एक दिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौँ पटक फाइनल खेल खेलेको हो । यसअघि भारतले सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो । यता आठौँ पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले सात मध्ये पाँच फाइनल खेल जितेको छ ।

अस्ट्रेलिया छैटौँ र भारत तेस्रो पटक विश्व विजेता बन्ने दाउमा छ । यद्यपि सन् २०११ पछि भारत विश्व च्याम्पियन बन्न सकेको छैन । यी दुई टोलीले दोस्रो पटक फाइनलमा प्रतिस्पर्धा गरेका हुन् । सन् २००३ मा दुईबिच फाइनलमा भिडन्त भएको थियो । एजेन्सी

Leave A Reply

Your email address will not be published.