उपराष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

0

काठमाडौ \  उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ जुनझेङको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटवार्तामा नेपाल र चीनबिचको सुमधुर सम्बन्धका विविध आयाममा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा उहाँहरूबिच चिनियाँ परराष्ट्रमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य महामहिम वाङ यी तथा युन्नान प्रान्तका अन्य नेतासँगको भेटमा हामीले व्यापार प्रवर्धन, लगानी, पर्यटन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य सुदृढ गर्नेलगायतका आपसी हितका विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले तिब्बत स्वशासित क्षेत्र हाम्रा दुई देशबिचको व्यापार, पर्यटन, संस्कृति र अन्य हितका क्षेत्रमा द्विपक्षीय अन्तर्क्रियाको प्रवेशद्वार भएकाले यो प्रतिनिधिमण्डलको नेपाल भ्रमणले सम्भावित सबै क्षेत्रमा नेपाल–चीन सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, “यस कठिन समयमा जनवादी जनतन्त्र चीन सरकारले प्रदान गरेको सहयोगका लागि म आभार प्रकट गर्दछु ।” उहाँले नेपाल र चीनबिच घनिष्ट र सौहार्दपूर्ण सम्बन्ध रही आएको बताउनुभयो । उपराष्ट्रपति यादवले अन्तरआबद्धता, पूर्वाधार विकास, व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध जस्ता महत्वपूर्ण क्षेत्रमा चीनसँगको साझेदारीलाई नेपालले प्रगाढ बनाउन चाहेको उल्लेख गर्नुभयो । उहाँले पूर्वप्रधानमन्त्री ली खछ्याङको दुःखद निधनमा चीन सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।

जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ जुनझेङले आफ्नो भ्रमण नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणका क्रममा भएको समझदारी लागु गराउने उद्देश्यले भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.