राष्ट्रपति पौडेलद्वारा भूकम्पबाट घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

0

काठमाडौं  \ राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पका घाइतेहरुको प्रभावकारी उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ ।

मन्त्री बस्नेतलाई बुधबार राष्ट्रपति भवन शीतलनिवासमा डाकेर उहाँले विभिन्न अस्पतालमा उपचाररत् घाइतेहरुको उपचार र सुविधामा कुनै पनि त्रुटी हुन नदिन आग्रह गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज, सरल, प्रभावकारी र गुणस्तरीय बनाउन तथा त्यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न सुझाव दिनुभएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले अस्पतालहरुको स्तरवृद्धि, आधुनिक उपकरण, दक्ष जनशक्ति, गुणस्तरीय सेवा प्रवाहका बारेमा पनि चासो राख्नुभएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.