नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण : अर्थमन्त्री डा. महत

0

काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएको छ । मङ्गलबार मन्त्री डा. महतले त्रिवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्नुहुँदै भन्नुभयो, ‘‘मंगलादेवीको नाममा बर्थिङ सेन्टर स्थापना हुनु खुशीको कुरा हो । नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्त्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको छ ।’’

मन्त्री डा. महतले भन्नुभयो, ‘‘साना परियोजनाको प्रवाह बढी छ, कार्यान्वयन अवधि छोटो छ । सिधैँ स्थानीय तहका जनताले प्रत्यक्ष लाभ यसबाट प्राप्त गर्दछन् । भारतीय सरकार, भारतीय दूतावास काठमाडौं र महामहिम राजदूत धन्यवादका पात्र हुनुहुन्छ ।’’

‘‘म धेरै अप्ठ्यारो समयमा अर्थमन्त्री बनेको हुँ, कोभिडको प्रभावले आर्थिक गतिविधिमा शिथिलता आएको थियो । मानिसहरुमा निराशा थियो । तर अहिले विस्तारै गति लिँदैछ ।,’’मन्त्री डा. महतले भन्नुभयो, ‘‘सामाजिक सञ्जालको पनि जमाना छ । नकरात्मक कुरा छिट्टै लोकप्रिय हुन्छ, यसले आम मानिसमा हो कि भन्ने भ्रम पारदिन्छ ।’’

Leave A Reply

Your email address will not be published.