अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुख बिच भेटवार्ता

0

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियमको सिनेटका सभामुख स्टेफिन डि होर्सका बिच भेटवार्ता भएको छ ।

अन्तर ब्यबस्थापिका संघ(आइपियु)को १४७ औं महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा बिहीबार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियम बिचको आपसी सम्बन्ध सद्भाव, विश्वास र पारस्परिक सम्मानले चिनिएको बताउँदै दुवै मुलुकले अन्तराट्रिय मञ्चहरुमा साझा धारणा राख्दै आएको स्मरण गनुभयो । उहाँले बिभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा एक अर्का देशलाई समर्थन गर्दै आएको कुरामा जोड दिदै बेल्जियमले नेपालको बिकास प्रयासमा बिभिन्न दातृ निकाय मार्फत पुर्‍याएको योगदानका लागि धन्यबाद दिनुभयो ।

नेपाल र बेल्जियम बिचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसदहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “नेपाल र बेल्जियम बिचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसदहरुको महत्वपूर्ण भूमिका रहेको छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो“संसदीय अनुभवको आपसी आदनप्रदान मार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफना नागरिकहरुको हक अधिकार सुनिश्चित गर्ने प्रकृयालाई सवल बनाउने अवसर हाम्रो सामु रहेको छ।”

उहाँले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा बेल्जियमका नागरिकका बिचमा लोकप्रिय भएकाले उल्लेख्य संख्यामा पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउँन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

भेटवार्ताका क्रममा बेल्जियमकी सभामुख स्टेफिन डि होर्सले नेपाल र बेल्जियमका बिचमा धेरै समनताहरु रहेको बताउँदै जलवायु परिर्वतनको असर कम गर्न र मानवअधिकारको प्रर्बद्धन गर्न सहकार्य गर्न सकिने कुरामा जोड दिनुभयो । कोभिडका समयमा नेपालमा सहयोग गरेको स्मरण गर्दै जलबायु परिर्वतनबाट हुने प्राकृतिक बिपक्तिका घटना कम गर्न आगामी दिनमा सहयोग गर्दै जाने प्रतिबद्धता पनि जनाउनुभयो ।

Leave A Reply

Your email address will not be published.