एनआरएनए युवा उपाध्यक्ष थापाको समर्थन अध्यक्ष उम्मेदवार महेश श्रेष्ठलाई

0

काठमाडौं । मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा युवा उपाध्यक्षका उम्मेदवार रोशन थापाले अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उनको टिमलाई समर्थन गरेका छन् ।

एनआरएनए जापान र अफ्रिका बसाइका क्रममा सक्रिय थापाले आफ्ना अधिकांश मुद्दाहरु अध्यक्षका उम्मेदवार श्रेष्ठसँग मिल्ने भएकाले समर्थन गरेको प्रतिक्रिया दिए । गैरआवासीय नेपालीसंग रहेको ज्ञान, सीप र प्रविधिलाई नेपालको समृद्धी र रुपान्तरणमा जोड्ने आफ्नो अठोटलाई मूर्तरुप दिन, युवा पुस्ताको आवाजलाई बुलन्द गर्दै युवा पुस्ताको सहभागितालाई प्राथमिकता दिने उम्मेदवार श्रेष्ठ मात्र रहेकाले टिम महेशलाई सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

अध्यक्षका उम्मेदवार श्रेष्ठले थापालाई धन्यवाद दिंदै एनआरएनए अभियानमा सहकार्य गर्ने प्रतिक्रिया दिए । उनले थापाको जोस, जाँगर र अनुभव संघको लागि महत्वपूर्ण हुने बताए। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको ११औँ महाधिवेशनका लागि श्रेष्ठसहित चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ ।

दुई दिन तेस्रो विश्व ज्ञान सम्मेलनपछि नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ । महाधिवेशनमा चार हजार २२७ मतदाता छन्

Leave A Reply

Your email address will not be published.