इजरायलमा निधन भएका पाँच जनाको शव नेपाल ल्याउने तयारी

0

काठमाडौं \ परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका पाँच जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताउनुभएको हो । उहाँले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये पाँच जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले मृतक अन्य पाँच जनाको भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने बताउनुभयो । उहाँले अज्ञात विपिन जोशीको भने खोजी भइरहेको बताउनुभयो । हराएका विद्यार्थीको बारेमा इजरायल र अन्य सरकारहरुसँग समन्वय गरेर खोजी भइरहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले सरकारले बेपत्ताको खोजी कार्यलाई तिब्र बनाएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.