राप्रपा नेपालका महामन्त्री गुरुङको निधनमा

0

काठमाडौं, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधनमा पार्टीले सात दिन शोक मनाउने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान पार्टी कार्यालय, धुम्बाराहीमा बसेको आकस्मिक बैठकले सात दिनसम्म शोक मनाउने, तीन दिनसम्म पार्टीको झन्डा झुकाउने र १३ दिनसम्म पार्टीले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निणर्य गरेको सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले गुरुङको पार्थिव शरीरलाई नेपाल ल्याउने र वैद्धिक परम्पराअनुसार दाहसंस्कार गर्नेलगायत व्यवस्थापनका लागि पार्टी उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
अमेरिकाको कोलोराडोमा क्यान्सरको उपचार गराइरहेका गुरुङको शनिवार राति मृत्यु भएको थियो । स्याङ्जाको पञ्चमूल सिरुवारीमा २०१२ सालमा जन्मिनुभएका गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद् हुनुहुन्थ्यो । सहमहामन्त्री श्रेष्ठले कुरा गर्दै भन्नुभयो – “पार्थिव शरीरलाई नेपाल ल्याउने सवालमा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अझै तीन चार दिन लाग्न सक्छ ।”

Leave A Reply

Your email address will not be published.