धादिङकाे मलेखुमा ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीकाे ज्यान गयाे, राजमार्ग अवरुद्ध

0

धादिङ \  पृथ्वीराजमार्ग अन्तर्गत धादिङकाे गजुरी गाउँपालिका-२ फुर्केखाेलामा आज बिहान ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीकाे ज्यान गएकाे छ । काठमाण्डाैबाट मुग्लिनका लागि छुटेकाे प्रदेश ०२–००१ख  ६४१३ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएकाे हाे ।

दुर्घटनामा बागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर  ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठको ज्यान गएको हो ।

उनीहरुकाे घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयाे ।

ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनापछि आक्रोशित मृतकका आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।

Leave A Reply

Your email address will not be published.