भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

0

काठमाडौं \ १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ ।मंगलबार बिहान चिनको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन बनाएको हो ।

भारतका लागि यशस्वी जयसवालले उत्कृष्ट प्रर्दशन गरे । जयसवालले शतकीय इनिङ्स खेले । जयसवालले ४८ बलमा नेपालविरुद्ध शतक प्रहार गरे । उनले ८ चौका र ७ छक्काको मदतले शतक पुरा गरेका हुन् ।

कप्तान ऋतुराज गायकव २५ रनमा आउट भएको खेलमा तिलक वर्मा २ र जितेश शर्मा ५ रनमा पोविलियन फर्किएका थिए । रिंकु सिंहले विस्फोटक ब्याटिङ गर्दै ३७ र शिवम दुवेले २५ रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक एक विकेट हात पारे । सेमिफाइनल प्रवेशकालागि दुवै टिमबीच प्रतिस्पर्धा भैरहेको छ ।

केही साताअघि सम्पन्न एसिया कप क्रिकेटमा पनि नेपालले भारतसँग खेलेको थियो । त्यतिवेला नेपालले एक दिवसिय खेल खेलेको थियो भने यो खेल ट्वेन्टी ट्वेन्टी हुनेछ ।

भारतको पहिलो रोजाईको टोली यतिवेला विश्वकप क्रिकेटको तयारीमा रहेकोले एसियन गेम्समा भारतले आफ्नो दोस्रो रोजाईको टोली अर्थात ‘भारत–ए’ पठाएको छ ।

Leave A Reply

Your email address will not be published.