एनआरएनएका अध्यक्ष पदका उम्मेद्वार महेश श्रेष्ठको बहराइनका नेपालीहरु सँग अन्तर्कृया

0

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले बहराइनमा रहेका नेपालीहरुसँग भावी योजना र कार्यदिशाका बारे छलफल गरेका छन् ।

महासचिबका प्रत्यासी बुद्धि सागर सुवेदीलाई साथै लिएर एसिया प्यासिफिक र मध्यपूर्व भ्रमणमा निस्किएका उनले प्रवास र नेपालका नागरिकहरुबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै ज्ञान, सिप र लगानीमा साझेदारी गर्नुपर्ने धारणा राखे । शुक्रबार र शनिबार उनले बहराइनमा आयोजित पाँचवटा बेग्लाबेग्लै कार्यक्रममा सहभागिता जनाए ।

श्रेष्ठ र सुवेदीले गैर आवसीय नेपाली संघ बहराइन, जनसम्पर्क समिति, बाग्लुङ, पर्वत र कास्की समाजको बेग्लाबेग्लै कार्यक्रममा सहभागिता जनाएका हुन् ।

सो अवसरमा महासचिबका प्रत्यासी बुद्धि सागर सुवेदीले एनआरएनएको चुनाव प्रचारमुखी भएकाले अब परिणाममुखी कार्यक्रमहरु अघि सार्नुपर्ने धारणा राखे । उनले संस्थाले अघि सारेको श्रमिक कल्याणकारी कोषलाई प्रभावकारी कार्यान्वयन गराउने, विदेशबाट स्वदेश फर्किएका नेपालीहरुलाई राज्यले उचित अवसर सिर्जना गराउन दबाबमुलक कार्यक्रमहरु अघि सार्न सुझाव दिए ।

आफ्नो पक्षमा समर्थन जुटाउन र नेतृत्वले अगाडि सार्नुपर्ने भावी कार्यक्रमको बारेमा सल्लाह र सुझाव लिन श्रेष्ठ र सुवेदी भ्रमणमा निस्केका छन्। श्रेष्ठ र सुवेदी युएई, कतार, कुवेत, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड र कम्बोडिया पुगेर गैरआवसीय नेपालीहरुसँग भेटघाट गर्ने र सल्लाह सुझाव लिने कार्यक्रम तय भएको छ ।

यही आउँदो अक्टोबर १७ देखि हुन लागेको संघको ११औं महाधिवेशनबाट संघमा नयाँ नेतृत्व चयन हुँदैछ ।

Leave A Reply

Your email address will not be published.