राहत शिक्षकहरुले सडकमै सुतेर बिरोध जनाए

0

काठमाडौं \  राहत शिक्षकहरुले सोमबार पनि काठमाडौंमा बिरोध प्रदर्शन गरेर आन्दोलनलाई निरन्तरता दिएका छन् । सोमवार मध्यान्ह माईतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म बिरोध प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर बिरोध जनाएका छन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक छन् । असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.