वाह्य लगानी भित्रर्‍याउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री महत

0

काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गर्नुभएको छ ।

शुक्रवार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उहाँले सो घोषणा गर्नुभएको हो । अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको पनि जानकारी दिनुभयो । त्यस अवसरमा उहाँले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा वाह्य लगानी भित्रिने समेत अर्थमन्त्री महतले बताउनु भयो । उहाँले भारतमा १० हजार मेघावाट विद्युत १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौंतालाई अब छिट्टै अघि बढाउने बताउनु भयो ।

अर्थमन्त्री महतले नेपालमा वाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढंगले पहल गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.