आसिफको अर्धशतक

0

काठमाडौं \  एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाउनुभएको छ । उहाँले मोहम्मद सिराजको बलिङमा एक रन लिँदै अर्धशतक पूरा गर्नुभयो । आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाउनुभएको हो ।

आसिफ नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रियमा शतक बनाइसकेका ब्याट्सम्यान हुनुहुन्छ । नेपालका ओपनर आसिफ शेख ५८ रनमा आउट हुनुभएको छ । यद्यपि, आउट हुनुअघि आसिफले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा आफ्नो दशौँ अर्धशतक बनाउनुभयो ।

नेपालले एक सय रन पूरा

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २१ दशमलव ५ ओभरमा ओभरमा चार विकेट गुमाउँदै एक सय रन कटाएको हो ।

नेपालले पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो भने दोस्रो विकेटको रूपमा भीम सार्कीलाई गुमायो । त्यस्तै नेपालले तेस्रो विकेटको रूपमा कप्तान रोहित पौडेल आउट भए । कुशलले ३८ रन बनाए भने भिमले सात तथा रोहितले पाँच रन जोड्दै बाहिरिए ।

अहिले क्रिजमा सुरुआती ब्याट्सम्यान आशिफ शेख र गुलशन झा क्रिजमा छन् । आशिफले ७६ बलमा सात चौकाको सहयोगमा ४५ रन बनाएर खेलिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.