कञ्चनपुरको शुक्लाफाँटामा सेप्टिक ट्याङ्कीमा परेर हात्ती मर्याे

0

कञ्चनपुर \  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति सेप्टिक ट्याङ्कीमा परेर जङ्गली हात्ती मरेकाे छ ।

शुक्लाफाँटा नगरपालिका–७ मा रहेकाे वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा परेर हात्ती मरेकाे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो ।

‘राति १२ बजेपछि जङ्गली हात्ती आएर सेप्टिक ट्याङ्कीमा पछाडिको खुट्टा परेर मरेकाे देखिएको छ ‘मेहताले भन्नुभयो ।

उहाँले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मरेकाे हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो । ‘यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’, उहाँले भन्नुभयो, ‘विधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गरिनेछ ।’

Leave A Reply

Your email address will not be published.