सोलुखुम्बुमा एक वर्षमै २३ जना विदेशी पर्यटकले गुमाए ज्यान

0

सोलुुखुम्बुमा एक वर्षमा २३ जना विदेशी पर्यटकको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० मा सगरमाथा क्षेत्र घुम्न पुगेका २३ जना विदेशी पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ज्यान गुमाउनेमा मेक्सिकोका पाँच जना, भारतका चार जना, फ्रान्स र क्यानडाका दुई/दुई जना रहेका छन् । त्यस्तै बेलायत, दक्षिण कोरिया, स्लोभाकिया, जापान, अष्ट्रेलिया, अमेरिका, माल्डोवा, मलेसिया, चीन र हंगेरीका एक/एक जनाले पनि ज्यान गुमाएका छन् ।

मेक्सिकोका पाँच जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका हुन् भने बाँकीले माथिल्लो क्षेत्रमा लेक लागेर तथा अरु दुर्घटनामा परेर ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो ।

अष्ट्रेलिया, मलेसिया र सिंगापुरका एक/एक जना गरी तीन जना पर्यटक जेठ ५ गतेदेखि सगरमाथाको आधारशिविर क्षेत्रबाट हराइरहेका उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.