एनआरएनए फ्रान्सको अध्यक्षमा लोक बहादुर पुन, पुरै कार्य समिती निर्बिरोध निर्बाचित,

0

गैर आबासीय नेपाली संघ फ्रान्सको अध्यक्षमा लोक बहादुर पुन निर्बिरोध निर्बाचित हुनु भएको छ ।

आईतवार पेरिसमा भएको एनसिसी फ्रान्सको दशौ अधिबेशनले अध्यक्षमा पुन ,उपाध्यक्षमा दिलिप गुरूंग र लाल बहादुर सोडारी, महिला उपाध्यक्षमा संगीता तिमिल्सिना, महासचिवमा महेन्द्र अधिकारी, सचिवमा कमल काफ्ले, कोषाध्यक्षमा टिका दत्त अधिकारी, सहकोषाध्यक्षमा विष्णु कुमारी तिमिल्सिना, महिला प्रतिनिधिमा निर्मला शाही ,युवा प्रतिनिधिमा लभसन गुरूग तथा सदस्य एवं प्रवक्तामा राजेन्द्र वावु श्रेष्ठलाई निर्बिरोध निर्बाचित गरेकोछ ।

त्यसै गरि कार्यसमिति सदसस्यहरुमा ईन्द्र बहादुर वस्नेत, सुर्य बहादुर क्षेत्री, मन वहादुर सार्की, सामुन राई, दिल बहादुर नेपाली र सरूप शाही निर्बिरोध चयन् हुनु भएकोछ ।

आइसिसी सदस्यमा शिवराम भण्डारीलाई चयन गरिएकोछ ।

एनसीसी फ्रान्सका निर्वाचन संयोजक सुबर्ण बिक्रम हमालका अनुसार ६१३ जना पन्जिक्रित सदस्य रहेको एनआरएनए फ्रान्समा सबैको सहमतिमा निर्बिरोध कार्यसमिति चयन भएको हो ।

सहमतिको कार्यसमिती बनाउन सहयोग गर्ने फ्रान्सको नेपाली समुदायलाई संगठनको निबर्तमान अध्यक्ष गीता थापा खनालले धन्य्बाद ज्ञापन गर्नु भएकोछ ।

Leave A Reply

Your email address will not be published.